FAQs Complain Problems

सूचना तथा समाचार

विदाई कार्यक्रमको झलक

, ,

विदाई कार्यक्रम सम्पन्

०९ फाल्गुन २०७४
मिक्लाजुङ गाउँपालिको आयोजनमा बिदाई कार्यक्रम सम्पन्न भएको भएको छ । गाउँपालिकाका अध्यक्ष अमरराज माखिमको अध्यक्षतामा सम्पन्न भएको छ । विदाई हुनुहनुे कर्मचारीहरुमा मिक्लाजुङ गाउँपालिकाका ना.सु श्री रमेश ताम्ली  तथा इलाका प्रशासन कार्यालय रबि पाँचथरका का.मु शाखा अधिकृत रेणु प्रसाद ओझा रहनु भएको थियो । बिदाई कार्यक्रमको संचालन गाउँपालिकाका ना.सु. कुल प्रसाद निरौलाले गर्नु भएको थिथो भने कार्यक्रको आतिथ्यता क्रमश : गाउँपालिका उपाध्यक्ष उर्मिला राई, प्रमुख प्रशासकीय अधिकृत अरुण राई, पशु सेवा केन्द्रका प्रमुख डा.सुलेश्वर मण्डल इलाका प्रहरी कार्यलयका प्रमुख अमर प्रसाद गजमेर, मिक्लाजुङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रामकुमार राई, मिक्लाजुङ गाउँ कार्यपालिका सदस्यहरु क्रमश: महेन्द्र राई, दुर्योधन लुहागुन, रवि किरण महिला बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष सरस्वती राई तथा मिक्लाजुङ गाउँपालिकाको विभिन्न विषयगत कार्यालय तथा अन्य विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

 

राष्ट्रिय हात्ती पाइले रोग निवारण सम्वन्धी मिक्लाजुङ गाउँपालिका स्तरिय १ दिने जनचेता अभिबृद्धि अन्तरकृया कार्यक्रम सम्पन्न

राष्ट्रिय हात्ती पाइले रोग निवारण सम्वन्धी मिक्लाजुङ गाउँपालिका स्तरिय  १ दिने जनचेता अभिबृद्धि अन्तरकृया कार्यक्रम सम्पन्न

११ फाल्गुन  २०७४
मिक्लाजुङ गाउँपालिका स्तरिय राष्ट्रिय हात्ती पाइले रोग निवारण सम्वन्धी १ दिने जनचेता अभिबृद्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मिक्लाजुङ गाउँपालिका वडा नं. ४ का वडा सदस्य श्री राजेन्द्र राईको अध्यक्षता तथा प्रमूख अतिथीको रुपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राइको आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमको संचालन प्राथमिक स्वास्थ्य केन्द्रका सि.अ.हे.व. भुपेन्द्र प्रसाद मण्डलले गर्नुभएको थियो भने स्वागत मन्तब्य स्वास्थ्य केन्द्रका हे.अ. पर्तबहादुर माखिमले राख्नु हुँदै कार्यक्रमको उद्देश्य बारे स्पष्ट पार्नु भयो भने प्राथमिक स्थास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. रोशन धिसिङले हात्ती पाइले रोग के हो यो कसरी मानिसमा सर्छ र यो रोगबाट बच्न के गर्नु पर्छ साथै रोग लागि सकेके बिरामीहरुले पनि यो रोगको औषधी प्रयोग गरेमा थप रोगले आक्रमण गर्न सक्दैन भन्ने विविध विषयमा प्रकाश पार्नु भयो भने विशिष्ट अतिथिको रुपमा पशु सेवा केन्द्रका डा. श्री शुलेश्वर मण्डलले हात्ती पाइले रोगको औषधीको भ्रमबारे आफु पनि स्पष्ट भएको बताउनु भएको छ । भने वडाध्यक्षहरुको तर्फवाट मन्तब्य वडा नं. २ का वडाध्यक्ष सान्त कुमार सेर्माले नेपाल सरकारले संचालन गरेको राष्ट्रिय हात्ती पाइले रोग निर्वारण कार्यक्रमलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो भने गाउँपालिका स्वास्थ्य विषयगत प्रमूख सि.अ.हे.व. अग्नी प्रसाद चम्लागाईले हात्ती पाइले रोगबाट कसरी बच्न सकिन्छ यो रोग विश्वभरी कति देशमा फैलिएको छ कति मानिसलाई लागेको छ नेपालका कति जिल्लामा हात्ति पाइले रोग फैलिएको छ आदि विषयमा जानकारी दिनु भयो भने प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बोल्नु हुँदै पाँचथरमा हातीपाइले रोगको निदान नहुनुमा प्रचार प्रसारको कमी तथा स्वास्थ्यकर्मीहरुको कमी कम्जोरी भएर फेलर जिल्लाको रुपमा चिनिएको होकी भन्ने बिचार ब्यक्त गर्नु हुँदै योगी बनौँ जोगी बनौँ तर रोगी कहिल्यै नबनौँ भन्ने शुभकामना ब्यक्त गर्नु भयो भन्ने कार्यक्रमको अन्त्य गर्नुहँुदै कार्यक्रको अध्यक्षता गर्नुभएका राजेन्द्र राईले हात्तीपोलेको औषधी सम्वन्धीको भ्रम हामी जस्तो जानेको बुझेकोले सबैलाई जनचेतना जगाउनु पर्छ भन्ने विचार ब्यक्त गर्नु भयो ।
कार्यक्रमा विभिन्न व्याक्तित्वले आतित्था गर्नु भएको थियो । आतिथ्य ग्रहण गर्नुहुनेमा खगेन्द्र खनाल सुचना प्रविधि अधिकृत मिक्लाजुङ गाउँपालिका, चेत मोक्तान लेखापाल, कुल प्रसाद निरौला ना.सु. भैरब लावती सव–इञ्जिनियर, अविशन लावती वडाध्यक्ष मिक्लाजुङ वडा नं. ५, हस्तराज फियाक वडाध्यक्ष मिक्लाजुङ वडा नं. ३, मिनराज माखिम वडाध्यक्ष मिक्लाजुङ वडा नं. ७ , रेडक्रस रबि शाखाका अध्यक्ष दिलेन्द्र खनाल, इलाक प्रहरी कार्यलयका प्रतिनिधि, इलाका प्रशासक कार्यलयका प्रतिनिधी, रवि किरण महिला समुहका अध्यक्ष सरस्वती राई जरिबुटे सहकारी संस्थाका प्रतिनिधी साथै विभिन्न संघ संस्थाको प्रतिनिधीहरुकोे सहभागिता भएको थियो ।    

 

Pages