FAQs Complain Problems

फाल्गुनन्द पार्क रबि

Read More

नेपाल भ्रमण वर्ष २०२०

Read More

हिले पाेखरी

Read More

गाेजुला भाेजुला ताल लेखगाउँ

Read More

नागिडाँडा मिक्लाजुङ–३

Read More

मिक्लाजुङ गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा संघ, सात प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा पाँचथर जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । मिक्लाजुङ गाउँपालिका मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित छ । १६६.६१ वर्ग कि.मी. को विशाल क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या २४,६१५ रहेको छ  जसमा पुरुषहरुकाे संख्या ११,३०२ रहेकाे छ भने महिलाहरुकाे संख्या १३,३१३ रहेकाे छ भने घरधुरी संख्या ५५५० रहेकाे छ ।  वि.सं. २०७३-११-२७ गते राजपत्रमा सुचना प्रकाशित भएसँगै र पछिल्ला सचिवस्तरीय निर्णय सँगै देशका विभिन्न ७५३ वटा स्थानीय तह भए सँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ । स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ८ वटा वडामा विभाजन गरिएको छ । साविकका साराङडाँडा, रवि, आरुवोटे, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा इैलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा तुम्बेवा गाउँपालिका, उत्तरमा फाल्गुनन्द गाउँपालिका र दक्षिणमा चौबिसे गाउँपालिका र माङ्सेबुङ गाउँपालिका रहेका छन् । 
यो गाउँपालिका पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रको दुर्गम स्थानमा रहेको गाउँपालिका हो । यस गाउँपालिकामा १५ प्रतिशत राई १२ प्रतिशत तामाड्ढ २ प्रतिशत सुनुवार १० प्रतिशत क्षेत्री बाहुन र ५५ प्रतिश्त लिम्बु २ प्रतिशत दलित ३ प्रतिशत मगर १ प्रतिशत नेवार जातीको बसोबास रहेको छ । यो गाउँपालिका सदरमुकाम फिदिम देखी लगभग ४९ कि.मि. टाडा रहेको छ ।यसमा प्राकृतिक सम्पदा मिक्लाजुङ डाडा,जरीबुटृे डाडा,छालासुक्वा डाडा,यबराङ छांगा लगायत अन्य थुप्रै प्राकृतिक सम्पदा हरुले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ८ वडामा बिभाजन गरीएको छ । यसमा आदिबासी जनजातीको बाहुल्य रहेको छ ।

Pages

जन-प्रतिनिधि

अध्यक्ष
९७४५१४८४६४ /९८१६९७५७६०
amarrajmakhim2018@gmail.com
उपाध्यक्ष
९८०७९४८१३८ /९७४२६१६७०४
urmila.rabi7@gmail.com

कर्मचारी

प्रमुख प्रशासकिय आधिकृत
anilraj2073@gmail.com
९८५२६८४४००
सूचना प्रबिधि आधिकृत
itokhagendra@gmail.com
९८४२७८८६६५ र ९८२४९९९२२१

सेवाहरु

सेवा प्रकारः- याेजना सम्झाैता
सेवा समयः- योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- ईन्जिनियर / सब ईन्जिनियर
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • कार्य सम्पन्न प्रतिवेदन
  • सार्वजनिक परिक्षण
  • वडा कार्यालयको सम्पन्नताको सिफारिस
  • उपभोक्ता समितिको भेलाको निर्णयअनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि
सेवा प्रकारः- याेजना सम्झाैता
सेवा समयः- योजनाको दुरी अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख/ ईन्जिनियर/ सब ईन्जिनियर
सेवा दिने कार्यालयः- मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

योजनाको विवरण वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यान्वयन तालिका

सेवा प्रकारः- याेजना सम्झाैता
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • गाउँ सभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण
  • उपभोक्ता भेलाको निर्णयको प्रतिलिपी
  • नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिका पदाधिकारीको नागरिक्ता सहितको वडा कार्यालयको सिफारिस
  • स्वीकृत योजनाको लागत अनुमान
  • सम्झौताको लागि निवेदन पत्र
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि
  • सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड
  • निवेदन
  • योजना सम्झौता
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

नागरिकताको प्रमाण पत्र लिनु अघि आमा/बुबाको नागरिकता भएको सम्बन्धित जिल्लाको सम्बधित वडा/गाविस कार्यलयमा संपर्क गरेर नागरिकताको सिफारिस बनाउनु पर्छ ।

सिफारिस बनाउन चाहिने कागजात हरू

१) पिताको नागरिताको प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकताको प्रमाणपत्रको

२) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि|

३) विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि|

४) चारीत्रीक प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा |

५) बिवाहदर्ताको प्रमाणपत्रको प्रतिलिपि (बिवाहीताको हकमा )

६) बसाईसरि आएको भए बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि |

७) दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति |

८) चालु आर्थिक वर्ष सम्मको मालपोत , घर जग्गा , कर ,र घर बहाल कर तिरेको कागजातहरु |

९) कर्मचारी परीवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र |

सिफारिस बनाउने प्रकृया

१) माथि उल्लेखित कागजातहरु लिएर सम्बन्धित वडा कार्यालय वा गाविस कार्यालय गएर सिफारिसको लागि निबेदन दिने। आवश्यक कागजातहरु पुगेको खन्डमा सम्बन्धित वडा कार्यालय वा गाबिस कार्यालयले तत्काल सिफारिस दिने प्रावधान छ।

२) वडा वा गाविस बाट सिफारिस लिएर आफ्नो जिल्ला जिल्ला प्रशासन कार्यालय जानु पर्छ | त्यहाँ बाट नागरिकता पाईन्छ |

लाग्ने शुल्क रु २००/- (वडामा कार्यलयमा बुझाउनु पर्ने )

समय कागजात पुगेको सोहि दिन

सेवा प्रकारः- आर्थिक सहयाेग
सेवा समयः- प्रक्रिया मिलाएर आएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालयः- मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. बिरामीकाे नागिरकताकाे प्रतिलिपी । २. सम्वन्धित वडा कार्यालयकाे सिफािरिस । ३. अस्पतालवाट दिएकाे रिपाेर्टहरुकाे कागजपत्रहरु । ४‍‍. नागरिकता नहुनेकाे हकमा जन्म दर्ताकाे प्रतिलिपी ।

Pages

अन्य