FAQs Complain Problems

समचार

मिक्लाजुङ गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा संघ, सात प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा पाँचथर जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । मिक्लाजुङ गाउँपालिका मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित छ । १६६.६१ वर्ग कि.मी. को विशाल क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या २४,६१५ रहेको छ  जसमा पुरुषहरुकाे संख्या ११,३०२ रहेकाे छ भने महिलाहरुकाे संख्या १३,३१३ रहेकाे छ भने घरधुरी संख्या ५५५० रहेकाे छ ।  वि.सं. २०७३-११-२७ गते राजपत्रमा सुचना प्रकाशित भएसँगै र पछिल्ला सचिवस्तरीय निर्णय सँगै देशका विभिन्न ७५३ वटा स्थानीय तह भए सँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ । स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ८ वटा वडामा विभाजन गरिएको छ । साविकका साराङडाँडा, रवि, आरुवोटे, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा इैलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा तुम्बेवा गाउँपालिका, उत्तरमा फाल्गुनन्द गाउँपालिका र दक्षिणमा चौबिसे गाउँपालिका र माङ्सेबुङ गाउँपालिका रहेका छन् । 
यो गाउँपालिका पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रको दुर्गम स्थानमा रहेको गाउँपालिका हो । यस गाउँपालिकामा १५ प्रतिशत राई १२ प्रतिशत तामाड्ढ २ प्रतिशत सुनुवार १० प्रतिशत क्षेत्री बाहुन र ५५ प्रतिश्त लिम्बु २ प्रतिशत दलित ३ प्रतिशत मगर १ प्रतिशत नेवार जातीको बसोबास रहेको छ । यो गाउँपालिका सदरमुकाम फिदिम देखी लगभग ४९ कि.मि. टाडा रहेको छ ।यसमा प्राकृतिक सम्पदा मिक्लाजुङ डाडा,जरीबुटृे डाडा,छालासुक्वा डाडा,यबराङ छांगा लगायत अन्य थुप्रै प्राकृतिक सम्पदा हरुले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ८ वडामा बिभाजन गरीएको छ । यसमा आदिबासी जनजातीको बाहुल्य रहेको छ ।

भाैगाेलिक स्थिति

सिमाना

पुर्व : इलाम जिल्लाकाे फाकफाेकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिका

पश्चिम : धनकुटा जिल्लाकाे चाैबिसे गाउँपालिका र पाँचथरकाे तुम्वेवा गाउँपालिका

उत्तर : पाँचथर जिल्लाकाे कुम्मायक ,फाल्गुनन्द  र तुम्वेवा गाउँपालिका

दक्षिण  : इलाम जिल्लाकाे माङसेबुङ र  चुलाचुली गाउँपालिका र माेरङ जिल्लाकाे मिक्लाजुङ गाउँपालिका 

क्षेत्रफल: १६६.६१ वर्ग कि.मी

अक्षांस: २६० ५५ ”४४” देशान्तर : ८७० ३७”४१”

राजनैतिक बिभाजन

प्रदेश नं.  : १
अञ्चल : मेची,
जिल्ला : पाँचथर,
नगर : १
गाउँपालिका : ७
मिक्लाजुङ गाउँपालिकाको केन्द्र : रवि, पाँचथर
जम्मा वडा संख्या : ८ वटा ।

नेपाल एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा संघ, सात प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा पाँचथर जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । मिक्लाजुङ गाउँपालिका मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित छ । १६६.६१ वर्ग कि.मी. को विशाल क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या २४,५४५ रहेको छ  जसमा पुरुषहरुकाे संख्या ११,२३२ रहेकाे छ भने महिलाहरुकाे संख्या १३,३१३ रहेकाे छ भने घरधुरी संख्या ५५५० रहेकाे छ ।  वि.सं. २०७३-११-२७ गते राजपत्रमा सुचना प्रकाशित भएसँगै र पछिल्ला सचिवस्तरीय निर्णय सँगै देशका विभिन्न ७५३ वटा स्थानीय तह भए सँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ । स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ८ वटा वडामा विभाजन गरिएको छ । साविकका साराङडाँडा, रवि, आरुवोटे, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा इलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा तुम्बेवा गाउँपालिका, उत्तरमा फाल्गुनन्द गाउँपालिका र दक्षिणमा चौबिसे गाउँपालिका र माङ्सेबुङ गाउँपालिका रहेका छन् । 
यो गाउँपालिका पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रको दुर्गम स्थानमा रहेको गाउँपालिका हो । यस गाउँपालिकामा १५ प्रतिशत राई १२ प्रतिशत तामाड्ढ २ प्रतिशत सुनुवार १० प्रतिशत क्षेत्री बाहुन र ५५ प्रतिश्त लिम्बु २ प्रतिशत दलित ३ प्रतिशत मगर १ प्रतिशत नेवार जातीको बसोबास रहेको छ । यो गाउँपालिका सदरमुकाम फिदिम देखी लगभग ४९ कि.मि. टाडा रहेको छ ।यसमा प्राकृतिक सम्पदा मिक्लाजुङ डाडा,जरीबुटृे डाडा,छालासुक्वा डाडा,यबराङ छांगा लगायत अन्य थुप्रै प्राकृतिक सम्पदा हरुले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ८ वडामा बिभाजन गरीएको छ । यसमा आदिबासी जनजातीको बाहुल्य रहेको छ ।

ऐतिहासिक सन्दर्भ र पृष्ठभूमि :
    पूर्वी नेपालको पाँचथर जिल्लाको सुदरदक्षिण गाउँपालिका हो । सदरमुकाम ५६ किलोमिटर दुरीमा गाउँपालिका केन्द्र प्रर्दछ । राज्यपुनंसंरचना हुने क्रममा तत्कालीन सराङडाँडा, आरुबोटे, रवि, कुरुम्बा, लिम्बा र दुरदिम्बा गा.बि.स. थियो । आठ वडामा बिभाजन गरेर बनाइएको छ । साबिक साराङडाँडा गा.बि.स.को १–४ लाई १ नम्बर र ५–९लाई २ नम्बर वडा बनाएको छ । साबिकै आरुबोटे सा.बि.स.लाई गाउँपालिकाको वडा नम्बर ३ बनाइएको छ । साबिक कुरुम्बाकोे १–८ वडालाई गाउँपालिकाको ५ नम्बर नम्बर वडा बनाइएको छ । कुरुम्बाको ९ नम्बर र लिम्बाको १,३ र ९ वडालाई मिलाएर गाउँपालिकाको ६ नम्बर वडा बनाईएको छ । तत्कालानि लिम्बा गा.बि.स.को ४–८ वडालाई गाउँपालिकाको ७ नम्बर वडा बनाएको छ । त्यसैगरि तत्कालिन दुर्दिम्बा गा.बि.स.लाई गाउँपालिकाको ८ नम्बर वडा बनाइएको छ ।

धार्मिक, सास्कृती तथा पर्यटकिय क्षेत्र
    मिक्लाजुङ गाउँपालिकामा प्रकृती र कृतीम सुन्दरथाले सजिएका स्थानहरुछन् । धार्मीक तथा सांस्कृती लगायतका थुर्पै पर्यटकिय स्थलहरु रहेकाछन् । मिक्लाजुङ डाँडा, लेकगाउँ, गुधला, यावरङ झरना,  भुजला पोखरी, कमल पोखरी, बेहुली ढुङ्गा, चमेरे गुफा, सप्तकन्याताल, थोक्पेचोम्मा माङहिम, ढेङ्गेनी जस्ता सास्कृती र प्राकृतकि स्थलछन् । पुरानो रबि बजार, सप्तमी, चिसापानी, ६ नं‍ बुधबारे आरुबाेटे बजार केन्द हुन ।  सेन्छेलुङ चिया बगान, बुद्ध पार्क, स्वर्गपुरी मन्दिर, बौद्धगुम्बा जस्ता दर्जनौ धार्मीक तथा पर्यटकिय स्थल रहेकाछन् । स्थानीय तहबाट यहाँका कलासंस्कृती संरक्षणका लागि बजेट बिनियोजन गरि निर्माण तथा संरक्षणका काम भैरहेकाछन् । मठमन्दिर तथा गुम्बाहरुको निमार्ण हुदैछन् । अल्पकालिन तथा दिर्घकालिन योजना अन्तरगत कामहर भैरहेको छ । यस्ले आन्तरीक तथा बाह्रय पर्यटकहरुको आगमन हुन थालेको छ ।

शिक्षा, स्वास्थ्य तथा प्रशासनिक सेवा :
    रबि इलाका प्रहरी कार्यालय सहित चार स्थानमा प्रहरी चौकी रहेकाछन् । ६ नम्बर बुधबारेमा नेपाली सेनाको सुरक्षा एकाइ छ । इलाका र अतिरिक्त्त हुलाका कार्यालय ८ स्थानमा छन् । प्राथमिक स्वास्थ्य केन्द्र १, स्वास्थ्य चौकीहरु ५ सामुदायिक स्वास्थ्य इकाइ ३ गरी जम्मा ९ स्वास्थ्य केन्द्र  । १ एफ.एम. रेडियो, रेडियाे रबि, २ वटा बैकहरु कृषि विकास बैंक र सिभिल बैंक तथा १ फाइन्नास गोर्खाज फाइन्नास रहेका छन् । १ क्याम्पस, रबि क्याम्पस, ११ माध्यमिक ४५ आधारभुत बिद्यालय, ४५ बालबिकास केन्द्र रहेकाछन् ।

मिक्लाजुङ गाउँपालिकाको जनसंख्या विवरण २०६८ सालकाे जनगणना अनुसार

वडा नं. वडा कार्यालय रहेकाे ठेगाना घरधुरी संख्या जनसंख्या
महिला पुरुष जम्मा
खान्द्रोङ ६२१ १४५५ १२३२ २६८७
सप्तमी ६७८ १५५५ १३१८ २८७३
आरुबोटे ७९० १९८४ १६१८ ३६०२
रबि ९९९ २२६८ १९३२ ४२००
कुरुम्बा ८०७ २००२ १६३५ ३६३७
कन्याटर ४५९ ११५५ ९९६ २१५१
लिम्बा ५११ १३१४ १०९१ २४०५
दुर्दिम्बा ६८५ १५८० १४१० २९९०
जम्मा ५५५० १३३१३ ११३०२ २४६१५