FAQs Complain Problems

योजनाहरुको मागपत्र प्रधानमन्त्रीलाई बुझाउँनु हुँदै अध्यक्ष अमरराज माखिम

Read More

मिक्लाजुङबाट सुर्याैदयकाे दृश्य

Read More

प्राथमिक स्वास्थ्य केन्द्र मिक्लाजुङ–४, रबि, आयुर्वेद शाखा उद्घाटन कार्यक्रम

Read More

स‌ंविधान दिवसमा कार्यक्रम

Read More

प्राथमिक स्वास्थ्य केन्द्र मिक्लाजुङ–४, रबि, आयुर्वेद शाखा उद्घाटन कार्यक्रम

Read More

मिक्लाजुङ गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा संघ, सात प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा पाँचथर जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । मिक्लाजुङ गाउँपालिका मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित छ । १६६.६१ वर्ग कि.मी. को विशाल क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या २४,५४५ रहेको छ  जसमा पुरुषहरुकाे संख्या ११,२३२ रहेकाे छ भने महिलाहरुकाे संख्या १३,३१३ रहेकाे छ भने घरधुरी संख्या ५५५० रहेकाे छ ।  वि.सं. २०७३-११-२७ गते राजपत्रमा सुचना प्रकाशित भएसँगै र पछिल्ला सचिवस्तरीय निर्णय सँगै देशका विभिन्न ७५३ वटा स्थानीय तह भए सँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ । स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ८ वटा वडामा विभाजन गरिएको छ । साविकका साराङडाँडा, रवि, आरुवोटे, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा इैलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा तुम्बेवा गाउँपालिका, उत्तरमा फाल्गुनन्द गाउँपालिका र दक्षिणमा चौबिसे गाउँपालिका र माङ्सेबुङ गाउँपालिका रहेका छन् । 
यो गाउँपालिका पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रको दुर्गम स्थानमा रहेको गाउँपालिका हो । यस गाउँपालिकामा १५ प्रतिशत राई १२ प्रतिशत तामाड्ढ २ प्रतिशत सुनुवार १० प्रतिशत क्षेत्री बाहुन र ५५ प्रतिश्त लिम्बु २ प्रतिशत दलित ३ प्रतिशत मगर १ प्रतिशत नेवार जातीको बसोबास रहेको छ । यो गाउँपालिका सदरमुकाम फिदिम देखी लगभग ४९ कि.मि. टाडा रहेको छ ।यसमा प्राकृतिक सम्पदा मिक्लाजुङ डाडा,जरीबुटृे डाडा,छालासुक्वा डाडा,यबराङ छांगा लगायत अन्य थुप्रै प्राकृतिक सम्पदा हरुले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ८ वडामा बिभाजन गरीएको छ । यसमा आदिबासी जनजातीको बाहुल्य रहेको छ ।

Pages

जन-प्रतिनिधि

अध्यक्ष
९७४५१४८४६४ /९८१६९७५७६०
amarrajmakhim2018@gmail.com
उपाध्यक्ष
९८०७९४८१३८ /९७४२६१६७०४
urmila.rabi7@gmail.com

कर्मचारी

प्रमुख प्रशासकिय आधिकृत
arunrai40@gmail.com
९८५२६८४८२८ र ९८४९५९८३४०
सूचना प्रबिधि आधिकृत
itokhagendra@gmail.com
९८४२७८८६६५ र ९८२४९९९२२१

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- अदालतवाट फाैसला भएकाे ३५ दिन सम्म नि:शुल्क, ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरुः-

अदालतवाट सम्बन्ध बिच्छेद गरेकाे फाैसला भएकाे कागज ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वसार्इ सराइ गरेकाे प्रमाण पत्र लिएर अाएकाे ३५ दिन सम्म नि:शुल्क, ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरुः-

१‍. परिवारका सवै सदस्यकाे नागिरकता प्रमाणा-पत्र बनाएकाे भए नागिरकता प्रमाणा-पत्रकाे प्रतिलिपी पेश गर्ने ।
२. नागिरकता नभए दन्म दर्ताकाे प्रमाणा-पत्र ।
३‍. बिवाह भए विवाह दर्ताकाे प्रमाण-पत्र ।
४‍‍‍. विवाह भएर अाएकाे बुहारीकाे नागिरकता प्रमाण-पत्र नभए माइतमा बनाएकाे जन्म दर्ता प्रमाण-पत्र ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जन्म भएकाे ३५ दिन सम्म नि:शुल्क, ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरुः-

१. बाबुअामाकाे नागरिकताकाे प्रतिलिपी ।
२. अस्पालमा जन्मेकाे भए अस्पतालले दिएकाे Birth Certificate.
३. घरमा जन्मेकाे भए पछिल्लाे खाेप दिएकाे प्रमाणा-पत्र ।
४. अस्पतालमा वा खाेपकाे प्रमाणा-पत्र नभएमा स्वयम् शिशु उपस्थित गराउनु पर्नेछ ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएकाे ३५ दिन सम्म नि:शुल्क, ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरुः-

मृतकाे नागरिकताकाे प्रमाण-पत्र वा जग्गाधनी प्रमाण-पत्र वा पेन्सनर भए पेन्सन पट्टा सुचना दिने सुचककाे नागिरकता ।

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- मिक्लाजुङ गाउँपालिका /वडा कार्यालय
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-

उपभोक्ता समिति गठनको कागजात, वडा सिफारिस, प्राविधिक इस्टमेट ,उपभोक्ता समितिको नागरिकताको फोटोकपी, निवेदन

Pages

अन्य