FAQs Complain Problems

याेजना छनाैट भइसके पछि उपभाेक्ता समितिले के के काम गर्नु पर्छ ?

योजना छनोट भइसकेपछि उपभोक्ता समितिले गर्नपर्ने कामहरु :

  • सम्बन्धित साईट ईन्चार्ज मार्फत Estimate गराउने । Site Visit गराउने ।
  • सम्बन्धित कामको लागि ड्रईङ, डिजाईन उपलब्ध भए हेर्ने ।
  • Scale (मी. वा फिट) हेर्ने ।
  • कामको प्रकृति ख्याल गर्ने (काठ, जस्ता, सुख्खा गारो, ढुँगामाटोको काम, प्लाष्टर, रंगरोगन इत्यादि ।
  • सिमेन्टको काम (इटा, ढुँगा जोड्ने काम जस्तै ः १ः४, १ः६ ईत्यादि) ।
  •  Concrete को काम (१ः१.५ः३), (१ः२ः४), (१ः३ः६) इत्यादि ।
  •  बालुवा र ढुँगाको गुणस्तर (खस्रो र मिहिन) जाँच्ने ।
  •  आफुले गर्ने योजनाको Deatils Estimate बुझने । बुझाइ माग्ने ।
  •  योजनासंग सम्बन्धित ईष्टिमेट अनुसार मात्रै काम गर्ने ।
  •  ईष्टिमेट बदलिनु परेमा कार्यालयमा निवेदन दिई सदर गरेर मात्र गर्ने ।
  •  बिषयगत तर्फका कामहरु : Plastic  पोखरी, भकारो सुधार कार्यक्रमहरु सम्बन्धित प्राविधिकसंग छलफल गर्ने ।
  •   निर्माण योजनाहरु : खानेपानी टेंकी, पदमार्ग निर्माण, भवन निर्माण, बाटोमा ढुँगा सोलिङ गर्दा स्थानीय निर्माण सामग्रीहरु निर्माण कार्यमा भन्दा अत्याधिक बढी ठाडो बीलमा देखिन आउछ । यस्ले Final Bill मा असर पुर्याउछ ।
  •   योजनामा प्रयोग हुने खरिद सामग्रीको खबत Vat Bill हरु गा.पा. कार्यालयमा सुचिकृत भएको पसलबाट मात्र कारोबार गर्नुपर्छ ।
  •  कुनै योजनाको सम्पूर्ण परियोजना नै परिवर्तन गर्नपरेमा वा आशिंक काम (योजनाको नाम, ठाउँ, काम) विधि सम्मत ढँगले पारित गरेर मात्र Estimate गराउने ।
  •  योजनाको निर्माण कार्य सम्पन्न भएपछि पुनः सम्बन्धित साईट ईन्चार्जलाई जानकारी गराइ अन्तिम नाप लिने काम सम्पन्न गर्नुपर्छ ।
  •  त्यसपछि समितिले गरेको कामको कुल मुल्याँकनमा सम्झौता बमोजिम कार्यालयको नियमअनुसार २० प्रतिशत जनश्रमदान कट्टा गरी बाकी भुक्तानी उपलब्ध गराइनेछ ।