FAQs Complain Problems

मिक्लाजुङ गाउँपालिकाको संक्षिप्त परिचय

उत्पत्ति र नामाकरण

“मिक्लाजुङ” को नामाकरण लिम्वु भाषावाट भएको पाइन्छ । लिम्वु भाषमा “मिक्ला” को अर्थ “मालिङ्गो” हुन्छ । मालिङ्गो भनेको एक प्रकारको लेकाली वास हो । यो घना वाक्लो र अग्लो हुन्छ । “जुङ” (जङ वाट अपभ्रंश भएको भन्ने गरिन्छ) को अर्थ “टुप्पो” हुन्छ । यसरी “मिक्लाजुङ” को अर्थ मालिङ्गो टुप्पो अर्थात वासको टुप्पो भन्ने अर्थ लाग्छ जसलाई टाढा टाढावाट पनि सजिलै देख्न सकिन्छ ।

मिक्लाजुङ शव्द प्राकृतिक सम्पदासंग जोडिएको छ । मिक्लाजुङ एक डाँडाको नाम हो । यो हालको गाउँपालिका कार्यालय रवि वजारवाट दक्षिणतर्फ करीव २७०० मिटर उचाइमा छ । पाँचथर, इलाम र मोरङ जिल्लाको साझा शिखरको रुपमा चिनिने यसको मुख्य आकर्षण भनेको खुल्ला मौसम र रमणीय सूर्योदय देखिनु हो । सफा मौसममा पूर्वी नेपालका १० जिल्लाहरु र भारतको विहार र वङ्गाल सम्म यसै क्षेत्रवाट प्रष्टै देख्न सकिन्छ (जिल्ला वस्तुगत विवरण, २०७५) । मुलतः यो क्षेत्र जैविक विविधताका लागि एक राजधानी पनि होे । नेपालका वहुमूल्य जडीवुटी, वन सम्पदा, वन्यजन्तु लगायत पानीका डोवहरु यहाँ पर्याप्त मात्रामा उपलव्ध छन्र यो मोरङको रमिते हुँदै चारकोशे झाडीसंग जोडिएको छ । यो ऐतिहासिक पक्षसंग पनि जोडिएको छ । त्यसवेला पाँच पाण्डव महाभरत पहाड यात्रा गर्ने क्रममा यसै स्थानको ठूलो ढुङ्गा माथि चुलो बनाएर खाना पकाई खाएको जनुश्रुती छर राष्ट्रका १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द गुफा बस्नु भएको स्थल समेत यहाँ सुरक्षित छ । यसरी मिक्लाजुङ डाँडा आफैमा विविध पक्षहरुवाट महत्वपूर्ण रहेकोले यसैको नामवाट गाउँपालिकाको नामाकरण गरिएको हो ।

नेपाल एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा संघ, सात प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा पाँचथर जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । मिक्लाजुङ गाउँपालिका कोशी प्रदेशको पाँचथर जिल्लामा अवस्थित छ । कुल १६६.६१ वर्ग कि.मी. को विशाल क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या कुल जम्मा २१,०६१ रहेको छ  जसमा पुरुषहरुकाे संख्या १०,४५४ रहेकाे छ भने महिलाहरुकाे संख्या १०,६०७ रहेकाे छ सो मध्ये पुरुषको जनसंख्या ४९.६ प्रतिशत रहेको छ  भने  महिलाको संख्या ५०.४ रहेको छ घरधुरी संख्या जम्मा ५,४५९ रहेकाे छ ।  वि.सं. २०७३/११/२७ गते राजपत्रमा सुचना प्रकाशित भएसँगै र पछिल्ला सचिवस्तरीय निर्णय सँगै देशका विभिन्न ७५३ वटा स्थानीय तह भए सँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ । स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ८ वटा वडामा विभाजन गरिएको छ । साविकका साराङडाँडा, रवि, आरुवोटे, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा इैलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा तुम्बेवा गाउँपालिका, उत्तरमा फाल्गुनन्द गाउँपालिका र दक्षिणमा चौबिसे गाउँपालिका र माङ्सेबुङ गाउँपालिका रहेका छन् । 
यो गाउँपालिका पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रको दुर्गम स्थानमा रहेको गाउँपालिका हो । यस गाउँपालिकामा १५ प्रतिशत राई १२ प्रतिशत तामाङ  २ प्रतिशत सुनुवार १० प्रतिशत क्षेत्री बाहुन र ५५ प्रतिशत लिम्बु प्रतिशत दलित ३ प्रतिशत मगर १ प्रतिशत नेवार जातीको बसोबास रहेको छ । यो गाउँपालिका सदरमुकाम फिदिम देखी लगभग ४९ कि.मि. टाडा रहेको छ । यसमा प्राकृतिक सम्पदा मिक्लाजुङ डाँडा,जरीबुटृे डाँडा, छालासुकुवा डाँडा, यावराङ झरना, इन्द्रेणी झरना, झाक्री झरना, सेरेखेम्बा झरना, गोजुला भोजोला ताल, कमल पोखरी, हिलेडाँडा, बेहुली ढुङ्गा, फाल्गुन्द पार्क, हिले पोखरी, पेटारे पोखरी, नागी डाँडा, शिवालय मन्दिर, गुम्बाडाँडा, सेन्चेलेङमा चिया बगान, थोक्मेचम्बा माङहिम, तारे ढुङ्गा, सप्तकन्या ताल, लगायत अन्य थुप्रै प्राकृतिक सम्पदा हरुले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ८ वडामा बिभाजन गरिएको छ । यसमा आदिबासी जनजातीको बाहुल्य रहेको छ ।